काठमाडौं– फास्ट ट्रयाकको विरोधमा ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेका छन्।
मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयहरुले अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका छन्। त्यसैगरि फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायत योजनामा स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
खोकनाको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले सरकारले आफूहरुको कुरा सुन्दै नसुनेकाले विरोधको नयाँ स्वरुप अवलम्बन गरेकोे जानकारी दिएका छन्।