काठमाडौं– महिलालाई गर्भावस्थामा बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ। अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले यस्ता पौष्टिक तत्वहरु खानु उपयुक्त हुन्छ।
क्यालोरीः भात, रोटी, घिऊ, तेल सख्खर, चिनी,
प्रोटिनः दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध,
फोलेटः दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात र
आइरनमाः रातो मासु, गाढा हरिया सागपात, गेडागुडी, खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नु आवश्यक पर्दछ।