वीरगञ्ज– अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारत बाट काठमाडौं जान लागीएको क्रममा बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले पकाउ गरेको हो।
४० यात्रुमध्ये १ तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल छिर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको बताए। डिएसपी खत्रीका अनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ।
प्रहरीले यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद गरेको थियो।