काठमाडौं– चालू आर्थिक वर्ष २०७६र०७७ को ५ महिनामा मोबाइल आयात बढेको छ। चालू आवको साउनदेखि मंसिरसम्म विभिन्न देशबाट २५ लाख मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै १० अर्ब बाहिरिएको छ। यो गत आव २०७५र०७६ को सोही अवधिको तुलनामा यो ३१ प्रतिशतले बढी हो।
पछिल्लो समय मोबाइलले विश्वमै राम्रो बजार पाइरहेको छ भने मोबाइल प्रयोगकर्ता पनि त्यतिकै मात्रामा बढ्दै गएका छन्। सञ्चारको सहज माध्यम मोबाइलको आयात बढ्नु स्वभाविक हो। नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने विभागको तथ्याङ्क छ।
सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन्। ‘पहिला भन्सार दर ५ प्रतिशत थियो। चालू आवबाट २.५ झरेको छ। यसले आयात बढाएको छ’, उनले भने, ‘बैङ्कले लोन नदिएकाले अझ नयाँ ब्राण्ड भने भित्रिन सकेका छैनन्।’
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ। त्यसको तथ्याङ्क विभागमा उपलब्ध नभएको विभागले बताएको छ।
दुई आर्थिक वर्षको पहिलो 5 महिनामा भएको मोबाइल आयातको अवस्था भन्सार विभागले यसरी देखाएकाे छ।
