एजेन्सी– बलिउड नायक अनिल कपुर उमेरले ६० नाघिसकेका छन्। उनै नायक अभिनित चलचित्र ‘मलंग’ को ट्रेलर सार्वजनिक गरिएको छ। यो ट्रेलरमा नायक अदित्य रोय कपुर र नायिका दिशा पटानीविच चुम्बनका थुप्रै दृश्य समावेश छन्। चलचित्रमा दिशा र अदित्यको रोमान्टिक दृश्य देखेपछि मुख्य कलाकार अनिल कपुरले पनि आफूलाई प्रेममा डुब्न मन लागेको बताए।
,अनिलले भने ‘मलाई पनि दिशा र अदित्यको रोमान्स देखेपछि प्रेममा डुब्न मन लागेको छ। म फेरि यूवा अवस्थामा फर्किन चाहन्छु। बाइक चलाएर रमाइलो यात्रामा निस्कन चाहन्छु जसरी दिशा र अदित्य चलचित्रमा रमाइलो गरिरहेका छन्।’ अदित्य र दिशाको चुम्बनको दृश्य के तपाइले मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा अनिलले भने, ‘पक्कै पनि, म थोरै दुखी महशुश गरिरहेको छु।’
अदित्य रोय कपुरले चलचित्रमा दिशासँग थुप्रै दृश्यमा चुम्बन गरेका छन्। एक पत्रकारले उनलाई सोधे, के तपाई इमरान हाश्मीको बाटोमा लाग्नुभएको हो? यसमा अदित्यले भने, ‘यदि, मैले इमरानको बाटो समातेको हुँ भने, म यसमा खुशी छु। मलाई हरेक चलचित्रमा चुम्बनका लागि धकेलिएको छ र म यसमा खुशी छु। अब, अर्को चलचित्रमा के गरुँ, सोचिरहेको छु।’ मोहित सुरीको निर्देशनमा तयार भएको यो चलचित्रमा दिशालाई हट अवतारमा प्रस्तुत गरिएको छ।