एजेन्सी– अष्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति भइरहेको छ। आईतबार त्यहाँ हल्का वर्षा हुनुका साथै तापक्रम पनि केही घटेको हुनाले केही नियन्त्रण होला भन्ने आशा जागेको थियो। यद्यपि अधिकारीहरुले फेरि पनि आगलागी हुन सक्ने भन्दै चेतावनी दिएका छन्। यसैबिच केही सेलिब्रेटीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन्।
१) निकोल किडम्यान र कीथ अर्बनः निकोल किडम्यान र कीथ अर्बनले एनएसडब्यू ग्रामीण फायर सर्भिसलाई ५ लाख अमेरिकी डलर दिएका छन्। उनले यो कुरा आफ्नो इन्सटाग्राममा सियर गरेकी थिइन्। उनले लेखेकि छिन् ‘हाम्रो सम्पूर्ण परिवारको तर्फबाट सबै आगोबाट प्रभावित भएकाहरुको लागि प्रथाना गरेका छौँ र साथै ५ लाख अमेरिकी डलर सहयोगपनि गरेका छौँ।’
निकोल किडम्यान र कीथ अर्बन
२) सेलिना गोमेजः अमेरिकी गायिका सेलिना गोमेजले पनि ५ मिलियन अमेरिकी डलर सहयोग गर्नुका साथै आफ्नो आफ्ना फ्यान्सलाई सकेको सहयोग गरिदिन आग्रह गरेकी छिन्।
३) पिङकः एलसिया बेथ मोर पिङक नामले चर्चित गायिकाले ५० लाख अमेरिकी डलर दिएकी छिन्। उनले ट्विट गरेकी छिन् ‘म अष्ट्रेलियामा लागेको डडेलोको कुराले निकै दुखित छु, म स्थानीय सेवकहरु जसले निकै सङघर्ष गरेर उद्धार गरिरहेकाहरु छन् उनीहरुलाई प्रतक्ष्य रुपमा ४ लाख अमेरिकी डलर सहयोग गर्ने वाचा गर्छु र मेरा आफन्त र साथीहरुलाई पनि केही सहयोग गरिदिनु होला भन्ने अनुरोध गर्दछु।’
पिङक
४) डाक्रे मोन्टगोमेरीः लोकप्रिय अभिनेताडाक्रे मोन्टगोमेरीले कोष सङकलनको फेसबुक पेज सिर्जना गरेर २४ घण्टाभित्रै १८ लाख भन्दा बढी अमेरिकी डलर संकलन गरेका छन्। डाक्रे मोन्टगोमेरीले आफ्ना प्रशंसकहरुलाई आगोलागिका पीडितहरुलाई केही राहात दिन अनुरोध पनि गरेका छन्।
५) सेलेस्टी बार्बरः असी कमेडियन सेलेस्टी बार्बरले उनको फेसबुक पेजको माध्यमबाट ३० मिलियन भन्दा बढी अमेरिकी डलर संकलन गरेका छन्। ८ लाख ३० हजार भन्दा बढी व्यक्तिले सेलेस्टको पेजमार्फत सहयोग गरेका छन्। अब ३५ मिलियन पुर्यायने सेलेस्टीको लक्ष्य रहेको छ।
सेलेस्टी बार्बर
६) रसल क्रोः अभिनेता र फिल्म निर्माताको रुपले चर्चित रसल क्रोले आरएफएस क्याप्टेन जोन लर्डनरलाई १ लाख ४ हजार अमेरिकी डलरको १९ वटा चेक हस्तान्तरण गरेर सहयोग पुर्याएका छन्।
रसल क्रो
७) दामी इमः द एक्स फ्याक्टरको पाँचौ सीजनका विजेता र पूर्व युरोभिसन प्रतिस्पर्धीसमेत रहेकी गायिका दामी इम र उनका पति नूहले अष्ट्रेलियाली रेडक्रसलाई १० हजार अमेमरिकी डलर सहयोग गरेको कुरा इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन्।
दामी इम