एजेन्सी– विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन्। नेपाली समाजमा गोरु ब्याएको उखान प्रचलित छ। गोरु ब्याउँदैन त्यसैले यो नहुने कुरामा प्रचलित उखान हो।
तर केही समय पहिले गोरुले दुध दिने गरेको खबर भने नेपालमा नै भाइरल भएको थियो। यस्तै, पुरुष गर्भवती भएर बच्चा जन्माएर आश्चर्यमा पारेका छन्।
संसारमा यस्तो पुरुष जोडी छन् जसले बच्चा जन्माएर अभिभावक बनेका छन्। अमेरिकाको २८ वर्षका वायली सिम्पसन र २७ वर्षका उनका साथी स्टफिन गेथ यो जोडी हुन्। यो जोडीले जैविक बच्चा जन्माएर पुरुष अभिभावक बनेका हुन्।
अमेरिकाका वायली सिम्पसनले केही समय अघि मात्र एक बच्चालाई जन्म दिए। त्यो बच्चा संगको तस्विर सामाजिक संजालमा पोस्ट पनि गरे। केही समय अघि उनले एक टिभी सो मा, पुरुषले पनि बच्चा जन्माउन सक्छ भनेका थिए।