एजेन्सी– संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो। यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ। जो–कोहिले पनि लयमा गीत गाउँन सक्दैनन् संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्रा होइन पशुमा समेत यसले प्रभाव राख्दछ।
अहिले समाजिक सञ्जालमा एउटा गधा भाइरल बनेको छ। यसरी गधा भाईरल हुनुको पछाडि गधाको गायकी हो। सुन्दा अचम्म लाग्न सक्छ जनावरले पनि कतै गीत गाउँछ र ? तर भारतमा एउटा गधाले गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो।
भारतको पुणे स्थित एक एनिमल सेल्टरमा रहेको एमिली नामक गधाले गाउन थाले पछि उसको चर्चा चुलिएको छ। पछिल्लो समय एमिलिलाई हेर्न कैयौं मानिस पुगिसकेका छन्।
घाइते अवस्थामा भेटिएको उक्त गधा एनिमल सेल्टरमा घुलमिल हुँदै गएपछि बिस्तारै गाउन थालेको सेल्टरका कर्मचारीले बताएका छन्। खाने समयमा गाउने एमिलीको आवाज मंत्रमुग्ध पार्ने रहेको छ। सेल्टरका कर्मचारीका अनुसार एमिलीको गायकी प्रतिभालाई रेकर्ड गरेर सामाजिक सञ्जालमा हालेसंगै मानिसहरु गधाको गीत सुन्न सेल्टरमा घुइचो लाग्ने गर्छ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्!