एजेन्सी– इरानको तेहरान विश्व विद्यालयले सुरेना नामक रोबोट सार्वजनिक गरेको छ। जसमा १०० प्रकारको भाषा बोल्ने क्षमता छ। यी बाहेक रोबोटले विभिन्न भाषाहरु अनुवाद गर्न पनि सक्ने निर्माताहरुले जनाएको छ।
विश्व विद्यालयका इन्जिनियरिङ संकायका विद्यार्थीले ४ वर्ष लगाएर बनाएको यो रोबोटको नयाँ मानिस चिन्ने, सामान ओसार–पसार गर्ने क्षमता मात्र नभई फुटबल किक हान्ने प्रतिभा समेत रहेको छ।
रोबोट सुरेनाको तौल ७० केजी छ भने लम्बाइ १७० सेन्टी मिटर रहेको छ। जमिनमा अगाडि–पछाडि, दाँया–बाँया जसरी पनि मोड्न सकिने यो रोबोट १ घण्टामा ७ सय मिटरसम्म हिँड्न सक्छ। यसले मानिससँग हात मिलाएर अभिवादन समेत गर्छ।