काठमाडौं– बहुप्रतिभाशाली गायक तथा सर्जक खेम सेन्चुरी अहिलेका सर्वाधिक रुचाईएका सर्जक र गायक हुन्। पछिल्लो समय उनी म्यूजिक भिडियोमा पनि त्यत्तिनै देखिन थालेका छन्। सुमधुर स्वरका धनी खेमको आवाजका फ्यानहरु धेरै छन्। अहिले व्यावसायिक रुपमा चलेका गायकहरुभन्दा उनको स्वर कम छैन। उनका सृजनाहरुलाई माया गर्नेहरुभन्दा अझ बढी उनको गायिकी मन पराउनेहरु छन्, भने त्यसैगरी अहिले उनको मोडलिङ्लाई पनि मन पराउनेहरुको जमात ठूलो छ।
‘नगर हल्ला’ अमृता नेपालीको प्रस्तुतिको रुपमा बजारमा आएको छ। गीतको लय खेमको र शब्द प्रल्हाद सुवेदीको रहेको छ। केशब बडुको संगीत संयोजन रहेको गीतको भिडियो निर्दे्शन प्रकाश भट्टले गरेका छन्। म्यूजिक भिडियोमा खेम र आयूष्मा कार्कीको निकै रमाईलो नृत्य रहेको छ। चुलबुले स्वभावमा देखिएका खेमको नृत्य पनि उतिकै राम्रो छ। आयुष्मा र खेमको यो जोडीको तारिफ धेरैले गरेका छन्। गीतको भाका र थेगो पनि एकदमै राम्रो बनेको छ। लामो समयपछि फेरि गीत संगीतमा फर्किएकी अमृताको यो निकै आशा लाग्दो बनेको छ। खेम सेन्चुरीकै अफिसियल यूटुब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=RccuqfmhRSk