एजेन्सी– अनलाइन भिडियो गेम फोर्टनाईटले गत वर्षको गेम अफ दि ईयर हात पारेको छ। यसअघि सन् २०१८ मा पनि यो प्रमुख सूचीमा थियो। ब्याटल रोयल भिडियो गेमले डिजिटल सेल्समा अधिक रकम कमाउँदै अन्य गेमहरुमध्ये सबैभन्दा धेरै रकम कमाउने भिडियो गेमको रुपमा पर्न सफल भएको हो।
गएको वर्ष २०१९मा, नेल्सनको भिडियो गेम आर्म सुपरडाटाअनुसार फोर्टनाइटले १.८ अर्ब डलरको बिक्री गरेको छ। तर यो रकम अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कम हो। बिक्री आम्दानी घटेपनि फोर्टनाइट आफ्नो रिलिजको ३ वर्षको हाराहारीमा पहिलो स्थानमा नै रहेको छ।
फोर्टनाइटको निरन्तर हुने अपेडटहरु र यसको ब्याटल पास सब्सक्रिप्सन सर्भिसले गर्दा यसलाई अधिक प्लेयरहरु उपलब्ध भएको बताईएको छ। यो गेम प्लेयरहरुलाई ससक्तरुपमा खर्च गर्ने व्यक्तिहरुमा रुपान्तरण गर्न सफल भएको छ।
फोर्टनाइटले अन्य अर्बौ डलर आर्जन गर्ने अनलाइन गेमहरु क्याण्डि क्रश, पोकेमन गो, र डनगोन फाइटर अनलाइनभन्दा अगाडि रहेको छ। त्यस्तै यसले अन्य फ्रेन्चाईज गेमहरु, फिफा १९, कल अफ ड्यूटीः मोर्डन वारफेयरलाई पनि डिजिटल सेल्समा जितेको सूपरडाटाको रिपोर्टमा उल्लेख छ।