इरान– हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव चुलिएको बेला इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ।
समाचार संस्था एएफपीको अनुसार इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको हो। इरानले अमेरिकासँग बदला लिने घोषणा समेत गरिसकेको छ।
इरानले आफ्ना मस्जिदमा रातो झन्डा फहराएर अमेरिकासँग युद्धको घोषणा गरिसकेको पनि अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जानकारी दिएको छ।