एजेन्सी– ह्युन्डाइले उबरको एरियल राइडसेरका लागि सन् २०२३ सम्ममा उड्ने कार बनाउने घोषणा गरेको छ। लस भेगसमा उपभोक्ता इलेक्ट्रोनिक्स सोमा उक्त घोषणा भएको हो।
दक्षिण कोरियाली उत्पादक ह्युन्डाइले चारजनाको क्षमता भएको ठाडो टेकअफ र ल्यान्ड गर्न सक्ने कार बनाउने भएको छ। सन् २०२३ सम्म हवाइ ट्याक्सी सेवाको उद्देश्यसहित ह्युन्डाइले अन्य हवाइजहाज निर्मातासँग काम गर्ने जनाएको छ।
मोबाइल एपमा आधारित यातायात विकल्प भएका कारण उबरले गाडी, ट्रेन र बाइकका यात्रुलाई हवाइ ट्याक्सीसँग जोड्न सक्ने उबर इलिभेटका प्रमुख एरिक एलिसनले जनाएका छन्।