काठमाडौं– ‘सेल्फी किङ्ग’ आशा गरिएको चलचित्र हो। एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फी किङ्ग’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ। काठमाडौदेखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा चलचित्र बनेको छ।
चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ। विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ। प्रबल कोइराला र राजेश विसुराल यो चलचित्रका सह–निर्माता हुन्।
चलचित्रमा सुसन प्रजापतिको छायाँङ्कन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ। चलचित्रले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ भन्ने देखाउन खोजेको छ। माघको २४ गतेबाट यो चलचित्र रिलिज हुदैछ। नायक विपिन कार्कीको लुक्स हलिउड चलचित्र जोकरसँग मिल्यो भनेर निकै चर्चा गरिएको थियो।
https://www.youtube.com/watch?v=8UgGzyxbTco