वीरगञ्ज _ पानीट्याङ्कीस्थित वीरगञ्ज पब्लिक कलेजमा विद्यार्थीलाई निःशुल्क प्राथमिक उपचार तालिम दिइएको छ। मानव जीवनमा विभिन्न दुर्घटना, विपत्ति र रोगहरु आइलाग्छ, त्यसबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु पर्ने हुन सक्छ।
त्यस्तो अवस्थामा बिरामीको अकालमै मृत्यु हुन पनि सक्छ त्यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भनेर उदेश्यका साथ तालिम दिइएको कर्यक्रम संयोजनकर्ता शिवनाथ यादवले जानकारी दिए।
तालिममा वीरगञ्जका विभिन्न कलेज, स्कुलमा अध्ययनरत १ सय जना भन्दा बढी युवा विद्यार्थी सहभागी भएका थिए। उनीहरुलाई बेहोस हुँदा, छारे रोग लाग्दा, अंगभंग भएमा, घाँटीमा केही अड्केमा, करेन्ट लाग्दा, सर्पले टोक्दा, रक्तश्राव हुँदा, आगोले पोल्दा, विष सेवन गरेको अवस्थामा, हृदयघात, किराको टोकाइ, दम, लु गर्मी लागेकामा, आघात, नाकबाट रगत बग्दा के कस्ता प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा सिकाइएको आयोजकले जनाएको छ।
युएईमा डिस्कभरी रोयल स्पोर्टस एलएलसी कम्पनीका प्रवन्ध निर्देशक उप्रेतीले तालिम दिएका थिए। आफूले प्राथमिक उपचार तालिम सम्बन्धी अन्र्तराष्ट्रिय मान्यताप्राप्त लण्डन मुख्यालयमा रहेको हाईफिलबाट अन्तर्रा्ष्ट्रिय प्रशिक्षकको तालिम लिएको उप्रेती बताउँछन्।
०७४ चैत २ बाट सुुरु गरेको अभियान मार्फत देशभरी नै तालिम सञ्चालन गर्ने लक्ष्य उनले लिएका छन्। चार चरणमा ३८ वटा जिल्लामा तालिम सञ्चालन भइसकेको छ।
पाँचौ चरणको अभियान पुस १६ गते प्रदेश नं २ को सप्तरीबाट सुरु गरिएको अभियान पुस २४ गते प्रदेश नं ३ को चितवनमा गएर सम्पन्न हुने डिस्कोभरी रोयल स्पोर्टस प्रालीले जनाएको छ।