एजेन्सी– इरानका टेलिकम्युनिकेसन मन्त्री मोहम्मद जाभेद अजारी जह्रोमीले ट्विट गर्दै अमेरिकालाई आफ्नो क्षेत्रबाट बाहिर जान आग्रह गरेका छन्। गएराति इरानले इराकस्थित अमेरिकी अखडामा आक्रमण समेत गरेको छ।
इरानका सर्वोच्च नेता आयोतोल्ला खमेनीले एउटा भिडियो सम्बोधनमा अमेरिकाले इरानलाई नोक्सान पुर्याउन सक्ने तर उनीहरुलाई नै कैयौ गुणा बढी नोक्सान हुने जनाएका छन्।
उनले भनेका छन्, “मैले अमेरिकी राष्ट्रपति ओबामाको समयमा एकपटक भनेको थिएँ, ‘हिट एण्ड रन’ आक्रमण गर्ने र फर्किनेको समय सकिएको छ। ‘इफ यु हिट यु गेट हिट व्याक’ अर्थात् तिमीले आक्रमण गर्यौ भने तिमी माथि पनि आक्रमण हुन्छ।” सीएनएन