काठमाडौँ, २१ माघ – नेपाली चलचित्र क्षेत्रमा चक्लेटी अनुहारले चिनिएका आर्यन सिग्देल बाबु बन्ने भएका छन्। उनले ४ वर्ष अगाडि विवाह गरेका थिए। विसं २०७१ वैशाख ६ गते उनी सपना भण्डारीसँग वैवाहिक सम्बन्धमा गाँसिएका थिए।
आर्यन र सपना फागुनको अन्तिमतिर बाबा-आमा बन्दैछन्। नायक आर्यन अहिले चलचित्र ‘हजार जुनी’को छायाङ्कनका लागि सिक्किममा छन्। सपना बिहेअघि आर्यनकी फ्यान थिइन्।
त्यसपछि प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले सन्तानलाई जन्म दिने तयारी गरेकी हुन्। आर्यन र सपनाको करिब ४ वर्षको प्रेम सम्बन्धपछि विवाह भएको हो।