एजेन्सी–सिंगापुर एयरलाइन्सको उडान इरानी हवाई क्षेत्रबाट अन्यत्रै डाइभर्ट गरिएको छ। सो एयरलाइन्सले एक वक्तव्य जारी गरी सो क्षेत्रमा विकसित भएको नयाँ घटनाक्रमका कारण यसो गर्नुपरेको जनाएको छ।
सिंगापुर एयरलाइन्सको युरोप जाने र युरोपबाट आउने हवाइ मार्ग इरानको आकाशबाट अन्यत्रै पारिएको सो एयरलाइन्सले जनाएको छ। आफूहरुले अवस्था अनुगमन गरिरहेको समेत सो एयरलाइन्सले जनाएको छ। आवश्यक परेमा आफ्नो रुटलाई व्यवस्थित गर्ने समेत सो एयरलाइन्सले उल्लेख गरेको छ।