काठमाडौं– बहुप्रतिभाशाली गायक, तथा सर्जक दुर्गा विरही छोटो समयमा दर्शकको रोजाईँमा पर्न सफल भएका छन्। उनका हरेक सृजनाले अहिले बजारमा चर्चा पाईरहेका छन्। गायनबाट यात्रा शुरु गरेका दुर्ग मोडलिङ् गर्दै अहिले भिडियो निर्देशनमा पनि सक्रिय रुपमा लागिरहेका छन्। केही समय अगाडि बजारमा आएको उनको ‘गाई चराउने बनमा’ बोलको गीतले अहिले दर्शकको अथाह माया पाउन सफल भएको छ। दुर्गा विरहीको शब्द, संगीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र गीता श्रीष मगरको आवाज रहेको छ।
झलक संगीतमको संगीत संयोजन रहेको गीत मालिका रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। गीतको भिडियो निर्देशन दुर्गा विरहीले गरेका हुन्, भने म्युजिक भिडियोमा नायिका रक्षा श्रेष्ठ र पिएन सापकोटको नृत्य रहेको छ। गीतमा आफ्नो बाल्यकालमा आफुले हाँसेको र खेलेको गाई चराउँदै गोठाला गएर रमाएको कुरालाई एकदमै विगततिर फर्किएर माया गर्ने जोडीको कथालाई प्रस्तुत गरिएको छ। आत्म विश्वास फिल्मस्को यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=rT_vEEqRhUc