एजेन्सी–भारतको केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा बुधबार भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन्। दाबी गरिएअनुसार हडतालमा करिब २५ देखि २८ करोड मानिस सामेल हुनेछन्।
मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ।
ट्रेड युनियनको मागमा बेरोजगारी, न्यूनतम मजदूरी तय गर्नुपर्ने र सामाजिक सुरक्षा हुनुपर्नेलगायत छन्। न्यूनतम मजदुरी २१ हजार रुपैयाँ प्रतिमहिना तय गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन्। बीबीसी