काठमाडौं– केही समय अगाडिदेखि बुटवलमा सञ्चालित आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’ को उपाधि सिद्धार्थ गैरेले जितेका छन्। बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित औद्योगिक ब्यापार मेलामा सिद्धार्थले भ्वाइस अफ बुटवलको उपाधि जितेका हुन्।
उक्त कार्यक्रममा वर्षा ज्ञवाली दोस्रो, सन्दीप मगर तेस्रो भए। अन्जली थारु र सागर घिमिरेले सान्त्वना पुरस्कार पाए। ३२ जनाले अडिसनमा भाग लिएकोमा २० जना प्रतिस्पर्धाका लागि छनोट भएका थिए। उपाधि विजेतालाई मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले क्रमशः ६५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५,२५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई जनालाई १० हजार ५ सय ५५ रुपैयाँका दरले नगद पुरस्कार दिए।