काठमाडौं —साढे चार महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी इटहरीमा नेपालको पहिलो स्मार्ट पार्किङ्ग बन्ने भएको छ। इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्र्तगत ५ करोड २० लाख रकम विनियोजित भइसकेको बताईएको छ।
इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा बन्न लागेको सो ६ तलाको स्मार्ट पार्किङ्गमा सय वटा हल्का सवारी साधन पार्क गर्न सकिन्छ। करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको हो।
सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउनेछ भने पछि १ मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ। यो सिस्टम सवै अटोमेटिक हुने छ। त्यहाँ गाढि धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ। त्यहाँ पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको बताइएकाे छ।