काठमाडौं– चक्कलेटी गायक अर्जुन सापकोटाको ‘बनकी चरी’ गीत अहिले चर्चाको शिखरमा छ। अर्जुनको लय र कृष्ण बस्यालको शब्द रहेको गीत टिकटक देखि रेडियो एफएम तिर घन्किरहेको छ। एकदमै क्याची थेगो रहेको गीत छोटो समयमै दर्शकको रोजाईँको गीत बन्न सफल भएको छ।
अर्जुनलाई आवाजमा गायिका देवि घर्तीले साथ दिएकी छिन्। कृष्ण विक भान्जाको संगीत संयोजन रहेको गीत मारुनी रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। स्मृति तिमल्सीना ले निर्देशन गरेको म्यूजिक भिडियोमा राजु ढकाल, करिश्मा ढकाल र अर्जुन आफै फिचरिङ् भएका छन्। समग्रमा गीत एकदमै राम्रो बनेको छ। अर्जुन सापकोटको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
भिडियाे हेर्नकाे लागि यहाँ क्लीक गर्नुहाेस्।