काठमाडौं– नेपाली युवाहरूकाे टीमले नेपालमा नै बनाएको इलेक्ट्रीक मोटरसाइकल ‘यात्री पी-०’ गत पुस ३ गते काठमाडौंमा एक कार्यक्रमगरि सार्वजनिक गरिएको थियो। उक्त मोटरसाइकल सार्वजनिक सँगै कम्पनीले बुकिङसमेत खुल्ला गरेको थियो। उक्त मोटरसाइकल पुरै सोल्डआउट भएको छ।
उक्त कार्यक्रममा नै ज्योति समूहका संचालक तथा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले पहिलो ग्राहकको रुपमा यसको बुकिङ गरेका थिए। त्यसपछि सुरु भएको बुकिङ पुरा भएको कम्पनीले जनाएको छ।
बुकिङ खुल्ला गरेको केही दिनमा करिब ३०० भन्दा बढीले यसलाई किन्न चाहेकाे कम्पनीका एक संचालकले बताए। यो लिमिटेड एडिसन भएकाले कम्पनीले सबैलाई दिनसक्ने अवस्था नभएकाे तर सुरुवातमा आएका ५० जनालाई मात्र दिने निर्णय गरेकाे हाे।