काठमाडौं — गुणस्तरीय शैक्षिक परामर्श दिने अभिप्रायले स्थापना गरेको राइटपाथ करियर काउन्सेलिङले हिजो मंगलबार तेस्रो वार्षिक उत्सव मनाएको छ।
सन् २०१७ बाट सञ्चालनमा आएको राइटपाथले यूके, अस्ट्रेलिया, न्युजिन्याण्ड क्यानडा जस्ता शैक्षिक गन्तब्य भएका देशमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेको छ।
राइटपाथले हाल काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालयसँगै चितवन, दाङ र हेटौडाबाट समेत शैक्षिक परामर्श दिँदै आएको छ भने तीन वर्षको अवधिमा तीन स्थानमा शाखा कार्यालय समेत स्थापना गर्न सफल भएको छ।
राइटपाथका संस्थापक सिइओ फिलिप डिसीले विश्वका उत्कृष्ठ शैक्षिक संस्था र देशमा गएर करियर बनाउनुका साथै गुणस्तरीय शिक्षा हासिल गरी डिग्री लिन चाहने विद्यार्थीले एक पटक राईटपाथ आउनुपर्ने बताएका छन्।