एजेन्सी– इरानले इराक स्थित सैन्य आधार शिविरमा गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी मारिएको दाबी गरेको छ। इरानी राष्ट्रिय टेलिभिजनले १५ वटा मिसाइल आक्रमणमा कम्तीमा ८० जना ’अमेरिकी आतंककारीहरु’ मारिएको दाबी गरेको रोयटर्सले जनाएको हो।
इराक र बेलायतले आक्रमणमा आफ्ना नागरिकलाई केही नभएको बताएका छन्। अमेरिकाले भने आक्रमणबाट भएको क्षतिका बारेमा केही सार्वजनिक गरेको छैन।
यस्तै, आक्रमणमा ठूलो संख्यामा अमेरिकी हेलिकप्टर र सैन्य सामाग्रीहरु विनाश भएको दाबी गरिएको छ।रिभोलुस्नरी गार्ड कर्पको एक अधिकारीले वासिङटनले अर्को कुनै आक्रमण गरे आजको भन्दा ठूलो आक्रमण गर्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसबारे भोलिमात्रै प्रतिक्रिया दिने बताएका छन्। केही दिन अघि ट्रम्पले इरानले बदला स्वरुप अमेरिकी नागरिक वा अमेरिकी सम्पत्तीमाथि आक्रमण गरे इरानका ५२ स्थानमा आक्रमण गर्न सक्ने तयारीमा अमेरिकी सेना रहेको बताएका थिए।
यता, आजको आक्रमणपछि वासिङट्ने फेरि केही गरेको खण्डमा मध्यपूर्वका १०० क्षेत्रलाई निशाना बनाइएको इरानी सेनाले चेतावनी दिएको छ।