काठमाडौं– नायक सुशिल क्षेत्री र नायिका सारंगा श्रेष्ठ एक समय नेपाली चलचित्रमा एकदमै चर्चामा रहेका नाम हुन्। अहिले उनीहरु दुबैजा अमेरिकामा छन्। सारंगा अमेरिकामा बस्न थालेको त लामै समय भइसक्यो। नायक सुशिल क्षेत्री पनि केही बर्ष अगाडि मात्र अमेरिका पुगेका थिए। सुशिल क्षेत्री चलचित्र क्षेत्रमा क्रेज कमजोर हुँदै गएपछि अमेरिका हानिए।
उनले अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता भने जनाउँदै आएका छन्। सुशिल क्षेत्री र सारंगा श्रेष्ठले केही चलचित्रमा सँगै काम गरेका छन्। उनीहरुले काम गरेको चलचित्र ‘आगो’ सर्वाधिक चर्चामा थियो। यो चलचित्रमा समावेश ‘माया बस्यो मुटुमा’ बोलको गीत अहिले पनि उतिकै चर्चित छ।अमेरिकामा आयोजना भएको ‘मेरो डान्स कप र मेरो भ्वाइस कप’ मा नायक सुशिल क्षेत्री र सारंगा श्रेष्ठले आफ्नो धमकेदार प्रस्तुती दिएका छन्।
सुशिल र सारंगा दुबैलाई नेपाली चलचित्रमा राम्रो नृत्य गर्ने कलाकारको रुपमा लिइन्छ। स्टेजमा सुशिल अर्की नायिका पूजा चन्दसँग पनि स्टेजमा देखिए। चलचित्रको पर्दामा लामो समयदेखि सुशिल र सारंगालाई मिस गरेका अमेरिकाका दर्शकले स्टेजमै भएपनि उनीहरुको नृत्यबाट मनोरञ्जन लिएका छन्।