काठमाडौं – नायक आर्यन सिग्देलले नेपाली चलचित्रमा आफ्नो राम्रो पहिचान बनाईसकेका छन्। एक समय नेपाली चलचित्रमा उनको राज नै चल्यो। उनै नायक आर्यनलाई स्टारडमको उतारचढाव राम्रोसँग थाहा छ। आर्यन सिग्देलका लागि कुनै समय निर्माताले एक बर्षसम्म पनि पर्खन तयार हुन्थे। उनले, ६ देखि ८ लाख केही बर्ष अगाडि सजिलै पारिश्रमिक स्वरुप पाएका पनि थिए। तर, आर्यनको स्टारडम अहिले कमजोर बनिसकेको छ।
यसको उदाहरण, यो बर्ष उनी अभिनित २ चलचित्रको कमजोर व्यापारबाट पनि वुझ्न सकिन्छ। माघको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’ ले यस्तै कथा बन्छ। एउटा कलाकारको ३ दिनको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ। चलचित्रमा एउटा संवाद छ, ‘स्टारडम मुतको न्यानो मात्र हो।’ यो संवाद विश्वभरका सेलिब्रिटीमा नै लागू हुन्छ।’ उनै, आर्यनले नायक विपिन कार्कीको कामको प्रशंसा गरेका छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि आर्यनले लेखेका छन्, ‘सेलिब्रिटी बन्नु सजिलो टास्क होइन। सेल्फी किङ्गको यात्रा हेर्दा हामी यो कुराको महशुश गर्न सक्छौ। विपिन कार्की र विशाल सापकोटाको राम्रो काम।’ चलचित्रको ट्रेलर हेरेपछि आर्यनले आफूलाई यसको पात्रमा महशुश गरेको हुनुपर्छ। आर्यन मात्र होइन, धेरै सेलिव्रिटीले आफूलाई यो पात्रमा महशुश गर्न सक्छन्। आर्यनको यो तारिफले ‘सेल्फी किङ्ग’ लाई अवश्य फाईदा पुग्ने देखिन्छ।