एजेन्सी– विमान दुर्घटना लगत्तै इरानमा भूकम्प गएको छ। इरानको दक्षिण–पश्चिम क्षेत्रको बुसहरस्थित परमाणु भट्टी केन्द्र नजिकै भूकम्प गएको हो। बुधबार बिहान ४.९ रेक्टर स्केलको भूकम्प गएको त्यहाँको भू–गर्भ विभागले जनाएको छ। भूकम्पको क्षतिबारे एकिन जानकारी भने आएको छैन।
बिहान इरानको तेहरानबाट युक्रेन उडेको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८० जनाले ज्यान गुमाएका छन्।
इरानले इराकमा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको थियो। यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानको दावी छ।