बुटवल — ५ करोड कारोबार गर्ने लक्ष्यका साथ बिहिबारबाट सैनामैना व्यापार मेला सुरु हुने भएको छ।
उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सो मेला सञ्चालन हुने भएको हो। पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष राजबहादुर क्षेत्रीेले बताए।
साथै दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने लक्षय रहेको सो मेलाको प्रवेश टिकट विक्रिबाट प्रति टिकट एक रुपैयाँ सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणका रुपमा रहने संस्कृतिक संयोजक हिमाल गैरेले बताए।