काठमाडौं– लामो समयको अन्तरालपछि लोकप्रिय गायिका अन्जना गुरुङ् दर्शक माँझ झुल्किन सफल भएकी छिन्। गोरखाको मौलिक पहिचानलाई समेटेर गायक अविनाश थापा मगर र मुना थापा मगरको प्रस्तुति रहेको नयाँ गीत ‘छोटेलुदी सुसारे गाउँ’ बजारमा आएको छ।
स्थानीय लोपोन्मुख कला संस्कृति र पहिचानको संरक्षणको लागि मौलिक पहिचान झल्काउने गीत तयार पारेको थापाले जानकारी दिए। गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङको स्वरमा तयार पारिएको सो गीतमा अविनाश थापा र गणेश गुरुङकाे शब्द,संगीत रहेको छ। दिप गुरुङको निर्देशन रहेको सो गीतमा म्युजिक भिडियोको दृश्यांकन मधुर बस्नेतको र सम्पादन सुजन शाहीको रहेको छ।
सिनेम्याटिक प्रविधिमा निर्माण भएको यो म्युजिक भिडियो खासगरी गोरखाको मौलिक संस्कृति, रहनसहन, मनकामना मन्दिर लगायतका स्थानीय धार्मिकस्थल वरिपरी तयार पारिएको छ। म्युजिक भिडियोमा मनोज थापामगर, सचिन थापा मगर, सगुन थापा मगर, रामकुमार थापा मगर, लिला थापा मगर, कन्चना थापा मगर, सुपर्ना थापा मगर, नम्सरा थापा मगर, गेसरा थापामगर लगायतको अभिनय छ।
हेर्नुहाेस् भिडियाेसः
https://www.youtube.com/watch?v=-A5-AAFPSHQ&feature=emb_logo