परासी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित भूमिसुधारका खरिदारलाई पक्राउ गरेको छ।
पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीको भूमिसुधार शाखामा कार्यरत खरिदार नेत्रबहादुर चौधरीलाई बुधबार घुस रकम सहित पक्राउ गरेको हो।
शाखा भवनमा बोलाएर चौधरीले मोहीको जग्गा बाँडफाँडलाई मिलाइ दिने भन्दै सेवाग्राहीसँग रकम लिँदै गर्दा पक्राउ गरिएको भुसालले बताए। बुटवल उपमहानगरपालिका बुद्धनगर घर भएका चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।