काठमाडाैं– कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएकाे छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको पहिलो खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजलाई ३–१ गोलअन्तरले पराजित गरेकाे छ।
थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरेका थिए। खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए। उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए। त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे। ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काए।
जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो। पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ। खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।