काठमाडौं– चर्चित नायक निर्माता नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन्। दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सव २०७६’ मा उनलाई उक्त सम्मान दिइएको हो। कार्यक्रममा प्रदेश न.५ का माननीय सभामुख पूर्ण ब.घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए।
कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए । मंगलबारबाट सुरु भएको महोेत्सव तीन दिनसम्म चल्नेछ। महोत्सव दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना भएको हो। नवल नेपाली चलचित्र क्षेत्रका नायक निर्माता हुन्। राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायत फिल्म निर्माण गरेका उनी अहिले सिमाना काढेतार अभियानका संयोजक पनि हुन्।