काठमाडौं– नेपालको तर्फबाट सिंगापुरको लागि गणेशप्रसाद ढकाल र ग्रीसको लागि प्रकाशकुमार सुवेदी गैरआवसीय राजदूतमा नियुक्त भएका छन्।
थाइल्याण्डका राजदुत ढकाल र अष्ट्रियाका राजदुत सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले क्रमशः सिंगापुर र ग्रीसको लागि गैरआवसीय राजदूतमा नियुक्त गरेकी हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दैराजदूत नियुक्तबारे जानकारी दिएको छ।
