वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२२ मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत ५३ जना महिलालाई मेवाको बेर्ना वितरण गरिएको छ। बुधबार वीरगञ्ज महानगरपालिका बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनमा आवश्यक पर्ने पोषण तत्वबारे तालिम प्रदान गर्दै १ सय ५० थान मेवाको बेर्ना हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शिशुको बौद्धिक विकासका लागि पोषण तत्वमा ध्यान दिनुपर्ने कुरामा जाेड दिए। महिलालाई उर्मिला श्रेष्ठ र ओमप्रकाश रामले मेवाको बेर्ना रोप्ने तरिका र त्यसको जातीय बिशेषताको बारेमा जानकारी गराएका थिए।
मनियारी जगर्नाथपुरमा रहेका सम्पूर्ण गर्भवती महिलालाई चाहिने पोषण तत्वको आवश्यकतालाई ख्याल गर्दै सबैलाई आँगनमा लगाउन सकिने उन्नत जातका फलफुल प्रदान गरिएको वडा अध्यक्ष ग्याँसु मियाले बताए।