कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ।
नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेको हो।
सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए।
अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन्।
यसअघि भीमदत्तनगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो। (रासस)