एजेन्सी– दक्षिण भारतीय सिनेमाले सबैभन्दा राम्रो कथाबस्तुको उठान गरेको हुन्छ र समग्रमा सिनेमा राम्रो हुन्छ भन्ने जनविश्वास छ। तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको नयाँ सिनेमा ‘दरबार’ ले रिलिज अगावै १८० करोड भारू कमाएको छ। सिनेमाले भारत र विदेशको थिएट्रिकल, संगीत, तथा टिभी अधिकार बेचर उक्त रकम कमाएको हो।
तमिल, तेलेगु, मल्यालम तथा हिन्दीमा गरी चार भाषामा एकसाथ रिलिज हुने सिनेमालाई लिएर दक्षिण भारतमा विशेष उत्साह देखिएको छ। झण्डै २५० करोड भारूको बजेटमा तयार भएको सिनेमामा निर्देशक एआर मुर्गादोशका कारण पनि चर्चामा छ। ‘गजनी’, ‘होलीडे’ तथा ‘अकिरा’ जस्ता सिनेमा बनाएकाले पनि ‘दरबार’ लाई लिएर दर्शकहरुमामा निकै उत्साह छाएको छ।
https://www.youtube.com/watch?v=5B9o6LXOiBA&feature=youtu.be