काठमाडौं– गायिका अञ्जु पन्त नेपाली संगीत क्षेत्रकी बहुप्रतिभाशाली गायिका हुन्। उनको आवाज सबै प्रकारका गीतमा उतिकै राम्रो सुनिन्छ। उनै गायिका पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’ को बोलको गीतको भिडिओ रिलिज गरिएको छ।
अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन्। निम संगीतले संगीत दिएको गीतलाई कपिल कस्पालले लेखेका हुन्।
सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग जोडी बाँधेकी छिन्। गीतको भिडिओलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन्।
https://www.youtube.com/watch?v=xd7L5poz8QY