एजेन्सी– बलिउड नायक सलमान खान सधैं केही न केही कुराले चर्चामा रहने गर्दछन्। यतिबेला सलमानले चलचित्र ‘दबंग–३’ का भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन्। सलमान आफै सुदिपको घरमा पुगेर कार उपहार दिएका हुन्। कारकाे मुल्य १ कराेड ५० लाखभन्दा बढी रहेकाे बताइएकाे छ।
चलचित्र ‘दबंग–३’ ले बक्स अफिसमा १५० करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ। बक्स अफिसमा चलचित्र हिट मात्र भएपनि सलमानले आफ्ना कलाकारप्रति यस्तो माया भने देखाएका छन्।
सलमानले किच्चुलाई बीएमडब्लु एम ५ उपहारमा दिएका हुन्। किच्चुले लेखेका छन्,‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ। सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन्। उनी मेरो घरमा प्यारो उपहार सहित आएका थिए।’ यो कुराले सलमानलाई अझै चर्चामा ल्याएको छ।