काठमाडौं– जाडोयाममा सवारी बिग्रने समस्याले कतिपयलाई सताइरहेको हुन्छ। जाडो मौसममा अरु समयभन्दा सवारीसाधनको इन्जिन स्टार्ट ढिलो हुने समस्या सवारी चालकले भोग्दै आएको पाइन्छ।
जाडो मौसममा मानिसले जसरी न्यानो खोज्छन्,सवारी साधनलाई पनि त्यसैगरी राख्नुपर्ने हुन्छ। इन्जिन, ब्याट्रीका कारण पनि सवारी साधन स्टार्ट नहुन सक्छ।
मेकानिकल इन्जिनियर निर्मल कार्की भन्छन्–सवारी साधन स्टार्टमा ढिलाइ हुनुको प्रमुख समस्या इन्जिनमा पर्ने तापक्रमको असर नै हो।मोबिल जम्नाले, इन्धन लाइनमा पानी जम्नाले, कार्बोरेटर भएका गाडी र ब्याट्री डेड हुने समस्याका कारण सवारी साधनको स्टार्ट ढिला हुने उनले बताए।
त्यसैगरी चिसोको समयमा ब्याट्री डाउन हुने समस्या बढी हुने हुदा अन्य समय भन्दा जाडोमा ब्याट्रीका अवस्थामा ध्यान दिनुपर्छ। यसका साथै मोटरसाइकलको स्पार्क प्लगका बारेमा ध्यान दिनुपर्ने हुन्छ।
इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि २–३ मिनेट न्यूट्रलमा छाड्नुपर्छ। सवारीलाई हेरचाह गर्नाले धेरै समयसमम प्रयोग गर्न सकिने र दुर्घटनाबाट समेत जोगिन सकिन्छ।