काठमाडाैं– नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले घटेको छ। बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोसुन चाँदी व्यवसायी महासंघले जनाएका छन्।
तेजावी सुन ७२ हजार २ सय रुपैयामाँ कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य वृद्धि भएको छ।चाँदी प्रतितोला ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।बुधबार चाँदी तोलाको ९२० रुपैयाँ कायम गरिएको थियो।
त्यसैगरी इरान र अमेरिकाबीच चर्किंदो विवाद,अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हो।