जनकपुरधाम — प्रदेश २ को प्रदेशसभा बैठक बस्दै आज बस्दै नबसी स्थगित भएको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक २८ गते सम्मको लागि स्थगित गरिएको हो।
गत आर्थिक बर्ष २०७५–७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।
त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए। गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन। सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएका छन्।
गत भदौ ५ गते दलहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यसमाथि भने छलफल हुन सकेको छैन्।