एजेन्सी– २०१९ मा बलिउडमा धेरै फिल्म रिलिजमा भए। ती मध्ये केही फिल्म मात्र बक्सअफिसमा राम्रो आम्दानी गरेर रेकर्ड राख्न सफल रहे। तिनै चर्चामा रहेका अभिनेताहरु जसका २०१९ मा रिलिज भएका शतप्रतिशत फिल्म हिट भएका छन्।
अक्षय कुमार
अक्षय कुमार सदावहार नायक हुन्। अक्षयकुमारको २०१९ मा ४ फिल्म रिलिज भएकोमा ४ वटै सफल भयो। वर्षको शुरुवातमा उनको फिल्म ‘केसरी’ रिलिज भएको थियो। यसले १५३ करोडको ब्यवसाय गर्न सफल भयो।
त्यसपछि आएको ‘मिशन मंगल र हाउसफूल–४’ पनि २०० करोडमा सामिल भयो। वर्षको अत्यमा रिलिज भएको अक्षयको गुड न्यूजले पनि अहिले पनि राम्रो व्यवसाय गरिरहेको छ।
आयुष्मान खुराना
आयुष्मान खुराना अहिलेका बलिउडका हट केक हुन्। उनलाई बलिउडको नयाँ हिट मेसिन पनि मानिन्छ। उनको गतबर्ष ३ फिल्म रिलिज भयो। ३ फिल्मनै हिट साबित भयो।
कार्तिक आर्यन
कार्तिक आर्यन पनि अहिलेका चल्तीका नव–नायक हुन्। उनको पनि बलिउडमा गतबर्ष दुई फिल्म रिलिज भयो। ‘लुकाछुपी र पति पत्नी और वो’ दुबै फिल्मले बक्सअफिसमा राम्रो आम्दानी गर्न सफल भयो।
अजय देवगन
अजय देवगनको गत वर्ष ‘देदे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भयो। दुबै फिल्मले एकसय करोड बढी कमाउन सफल भयो।
सलमान खान
सलमान खानका लागि बर्ष २०१९ निकै लक्की रह्यो। उनको फिल्म भारतले बक्सअफिसमा २०९ करोड बढी आम्दानी गर्यो भने अर्काे ‘दबंग–३’ ले पनि १४० करोड बढी कमाउन सफल भयो।
ऋतिक रोशन
ऋति रोशनको यो बर्ष दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ रिलिज भयो। सुपर ३० ले १४६ करोड र वारले ३०० करोड कमाउन सफल रह्यो। वार बर्षको सबैभन्दा बढी कमाउ फिल्म समेत बन्यो।