काठमाडौं– झापाको बिर्तामोडमा निर्माण भएको अत्याधुनिक उपकरणसहितको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आएको छ। करिब ४ सय करोड रुपैयाँको लागानीमा यो अस्पताल निर्माण गरिएको हो।
बिर्तामोडमा रहेको बी एन्ड सी अस्पतालको भगिनी संस्थाको रूपमा अत्याधुनिक प्रविधिसहित निर्माण गरिएको क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बताए।
नेपालमै नयाँ प्रविधि भित्र्याएकाे नयाँ प्रविधिको मेसिन क्यान्सरका बिरामीलाई एक मिनेटमै रेडिएसन दिनसक्ने बाताइएको छ। विशिष्ठकृत सेवा दिन उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए।
क्यान्सर पीडितले उपचारका लागि भारतका विभिन्न सहर पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल खोलेको कार्यकारी निर्देशक प्रसाईंले बताए।
यो जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन अस्पतालमा छ। बी एन्ड सी अस्पतालसँगै जोडिएको एउटै समूहले लगानी गरेको शल्यक्रियाका लागि ५ वटा अपरेसन थिएटर पनि निर्माण भइरहेको छ।
यो सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही झापाका २८ बर्से पदम मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ,उनको क्यान्सर उपचारको सबै खर्च अस्पतालले बेहोर्ने अधिकृत प्रमिस गिरीले बताए।
सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी अस्पताल सुरु भएको अवसरमा एकजना बिरामीको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका हौ, उनले भने। प्रसाईंले अस्पतालमा ठूलो लगानी गरेको देखेर प्रचण्डको लगानी भनेर हल्ला हुने गरेको भन्दै आपत्ति जनाए।
‘मैले सबै लोन बैंकबाट लिएको छु, बैंकका सञ्चालक यहीँ हुनुहुन्छ। सबै ऋणमा छ, प्रचण्ड त कहिले ओलीको लगानी भनेर काम गर्ने हौसला रोक्न खोजिन्छ,’ उनले गुनासो पोखेका छन्।