काठमाडौं– सुदूरपश्चिम जाने बसको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ। सदूरपश्चिमको महाकाली यातायातको टिकट काट्न काउन्टरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले बस सेवाको सहकार्यमा अनलाइन टिकेटिङ सेवा सुरुवात गर्ने भएको हो।
बससेवा डटकमका अध्यक्ष डम्बरराज पन्तका अनुसार महाकाली यातायातबाट काठमाडौंदेखि महेन्द्रनगरसम्म तथा महेन्द्रनगरदेखि बुटवल, पोखरा चल्ने एसी तथा डिलक्स बसको टिकट अनलाइनबाटै काट्न सकिने छ। महाकाली यातायात अनतर्गत हाल करिब ६ सय सवारी साधन सञ्चालनमा रहेका छन्।
यात्रुहरूले बससेवा डटकम, ई–सेवा, बससेवाको मोबाईल एप्लिकेसन मार्फत महाकाली यातायातको टिकट काट्न सक्नेछन्। नजिकको ई–सेवा जोन, ई–सेवा प्वाइन्ट, लगायत साइबर क्याफे, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिने जनाइएको हो।