एजेन्सी– केही दिन अगाडि जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीहरुमाथि नकावधारीले गरेको आक्रामणको विरोधमा बलिउडकर्मी पनि अगाडि आएका छन्। नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरुलाई विश्वविद्यालयमा पुगेर भेट गरेपछि अहिले ट्विटरमा उनको पक्ष र विपक्षमा निकै चर्को बहस पनि देखिएको छ।
तर, उनीपछि पनि बलिउडकर्मीले यो बिषयमा बोलिरहेका छन्। हालै नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको बिषयमा आफ्नो मुख खोलेका छन्। उनले भने, ‘म आक्रमण भएपछि निरन्तर टेलिभिजन हेरिरहेको थिएँ। यो एक विवादस्पद घटना हो। मलाई थाहा छैन, यो आक्रामणमा कसको हात छ। तर यो जे भयो, राम्रो भएन।’
अजयले अगाडि भने, ‘यो जसले गरेपनि हिंसा राम्रो काम होइन र समाधान पनि होइन। यसले देशलाई नै ठूलो असर गर्छ। यसलाई गम्भिर रुपमा लिन जरुरी छ।’ अजयले अझै थप्दै भने, ‘यस्तो घटनामा पक्ष र विपक्षमा बोलेर आगोमा इन्धन छर्किनु राम्रो होइन।’