काठमाडौं– नेपालका लागी टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडीङ्ग प्रालीले नयाँ वर्ष २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमको आयोजना गर्न भएकाे छ। जनवरी १० देखी जनवरी १२ सम्म आयोजना हुन लागेको उक्त कार्यक्रम थापाथली स्थित टाटा मोटर्सको सोरुममा हुने भएकाे हो।
उक्त कार्यक्रममा ग्राहकहरुले सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
यसका साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्। विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीकोे अनुरोध छ।