काठमाडौं– जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले नेपाल एपिएफ क्लबलाई हराएको छ। बिहिबार भएको खेलमा संकटाले एपिएफविरुद्ध ४–२ गोलको जित निकालेको छ।
खेलको १९ औं मिनेटमा गोल गर्दै संकटाले शुरुवाती अग्रता बनाएको थियो। उसको लागि लक्ष्मण रुचालले फ्रिकिकमार्फत गोल गरेका थिए। पहिलो हाफको अन्तिमतिर कर्ण लिम्बुले गोल गर्द संकटाकको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २ गोलको अग्रता बनाएको संकटाले ५३ औं मिनेटमा तेस्रो गोल गर्दै खेललाई एकतर्फी बनाएको थियो। उसको लागि अजायी मार्टिनले गोल गरेका थिए।
तर खेलमा पाएको पेनाल्टीमा एपिएफका नवीन लामाले गोल गर्दै गोलअन्तर घटाएका थिए। त्यस्तै ७२ औं मिनेटमा एपिएफका आशिष लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काएका थिए।
तर खेल सकिन २ मिनेट बाँकी रहँदा मार्टिन्सले गोल गर्दै संकटाको जित पक्का गरे। जितसँगै संकटाले ५ खेलबाट ७ अंक जोडेको छ। एपिएफको ५ खेलमा ४ अंक छ।