एजेन्सी– विश्वभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजना राखेको कम्पनी स्पेसएक्सले आफ्नो पछिल्लो खेपमा ६० वटा थप स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा पुर्याएको छ। क्यालिफोनियमा रहेको स्पेसएक्सले हालै स्टारलिंक नेवटर्कमा ६० वटा थप स्याटेलाइटहरु पुर्याएको हो।
नयाँ लन्चसँगै कम्पनीले १ सय ८२ वटा स्याटेलाइटहरु आकाशमा राख्न सफल भएको छ। हाल फाल्कन ९ रकेटमार्फत कम्पनीले ६० वटा स्याटेलाइट पुयाएको छ। कम्पनीले विश्वभर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने उद्धेश्य राखेको छ।
स्पेसएक्सले यसअघि नै नियमनकारी निकायहरुबाट १२ हजार वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्न अनुमति पाईसकेको छ। तर कम्पनीको योजना भने ४० हजार पुर्याउने रहेको छ। कम्पनीले विश्वभर तिब्रगतिको इन्टरनेट सुविधा महंगो मूल्य तिर्ने ग्राहकहरुलाई उपलब्ध गराउने योजना लिएको छ।
स्पेस एक्स बाहेक अन्य दुई कम्पनीहरु वान वेब र अमेजनले पनि अन्तरिक्षमा हजारौं स्याटेलाइटको नेटवर्कबाट विश्वभर ब्रोडब्याण्ड कनेक्सन पुर्याउने योजना लिएका छन्।